रौतहट । गढिमाई नगरपालिका–७ अन्तर्गत धरमपुर–धनाडी सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको थियो। दुर्घटनामा ट्र्याक्टरको इन्जिनले थिचिँदा चालक रञ्जित साह (२८), गौर नगरपालिका–६ सबगढाका, गम्भीर घाइते भएका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट का अनुसार घटनास्थलमै उनको मृत्यु भएको हो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
