काठमाडौँ । जिल्ला अदालत काठमाडौं ले केपी शर्मा ओली र रमेश लेखक लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अदालतले यसअघि चैत १५ गते पाँच दिनको म्याद थपको अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि पुनः दुई दिन म्याद थप गरिएको हो।
नवयुवा आन्दोलनका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री रहेका थिए। सो आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले उनीहरूविरुद्ध फौजदारी मुद्दा अघि बढाउन सिफारिस गरेको थियो।
उक्त आयोगको सिफारिसका आधारमा प्रहरीले गएको शनिबार दुवै नेतालाई पक्राउ गरेको हो। अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
