यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। नेप्से आज ५.८२ अंकले बढेर २,७८२.१८ बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर एक लाख ३ हजार २२५ पटक खरिदबिक्री हुँदा कुल रु ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५.२९ बराबरको कारोबार भएको छ। बैंकिङ (०.११%), वित्त (०.८७%), जीवन बिमा (०.१९%), लघुवित्त (०.२९%), निर्जीवन बिमा (०.३३%) र अन्य समूह (०.०२%)को उपसूचक घटेको छ भने विकास बैंक (०.४८%), होटल तथा पर्यटन (०.३९%), जलविद्युत् (०.०५%), लगानी (०.१५%), उत्पादन तथा प्रशोधन (१.७६%), म्युचुअल फन्ड (०.१२%) र व्यापार समूह (२.५३%)को उपसूचक बढेको छ। आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी घटेको शेयर भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड (३.०३%) रहेको छ। कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार भएको कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (रु ३५.७० करोड) रहेको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी किनबेच भएको कम्पनी कुमारी बैंक लिमिटेड (१०,७९,९२१ कित्ता) रहेको छ।
नेप्से परिसूचकमा सामान्य सुधार
यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। नेप्से आज ५.८२ अंकले बढेर २,७८२.१८ बिन्दु मा कायम भएको छ। आज ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर एक लाख ३ हजार २२५ पटक खरिदबिक्र...
1 min read
Share
