नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरेको छ।
नेकपाका संयोजक एवं संसदीय दलका नेता अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार दुलाललाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी गराएका हुन्।
प्रचण्डले संसद् सचिवालयलाई पत्र पठाएर युवराज दुलाललाई नेकपाका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।

