सल्यान – सल्यानको कपुरकोटा गाउँपालिका–४, लामिडाँडास्थित किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
म.प्र. ०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था सामान्य रहेको छ भने उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घाइतेमध्ये टोपबहादुरलाई थप उपचारका लागि आधारभूत स्वास्थ्य चौकी कपुरकोट पठाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
