सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन्।
प्रहरीका प्रवक्ता तथा डिएसपी सरोज राई का अनुसार दुवै किशोरी आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। घटनास्थलमा पुगेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ र घटनाका कारणबारे पुष्टि गर्ने प्रयास जारी राखेको छ।
