बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। गत फागुन ८ गतेदेखि ढोरपाटन नगरपालिका–७, ८ र ९ मा देखिएको सङ्क्रमण नियन्त्रणका लागि फागुन २९ देखि चैत २ गतेसम्म बालबालिका तथा किशोर–किशोरीलाई खोप अभियान सञ्चालन गरिए पनि संक्रमण पूर्ण रूपमा रोकिएको छैन। विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा पुगेर अध्ययन तथा खोप कार्यक्रम सञ्चालन गरेको थियो। प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार खोपपछि दैनिक संक्रमितको संख्या घटे पनि जोखिम कायम छ, हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ भने ढोरपाटनसँगै तमानखोला गाउँपालिकामा दुई शङ्कास्पद बिरामी देखिएका छन्। दादुराको लक्षण देखिएका ३३ जनाको नमुना सङ्कलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीका अनुसार हालसम्म १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ९३४ जनालाई खोप लगाइएको छ। हाल २०५ जना शङ्कास्पद बिरामी रहेका छन् भने चार जना अस्पतालमा उपचाररत छन्। तमानखोलामा पनि शङ्कास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका सबै पालिकामा खोप अभियान विस्तार गर्ने तयारी गरिएको जनाइएको छ।
ढोरपाटनमा दादुरा अझै नियन्त्रणबाहिर, खोप अभियानपछि पनि जोखिम कायम
बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। गत फागुन ८ गतेदेखि ढोरपाटन नगरपालिका–७, ८ र ९ मा देखिएको सङ्क्रमण नियन्त्रणका लागि फागुन २९ देखि चैत २ गतेसम्म बालबालिका तथा किशोर–किश...
1 min read
Share
