सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ तामिङमा सडक निर्माणका क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक मजदुरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजबंशीका अनुसार सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको आज दिउँसो करिब १२ः३० बजे घटनास्थलमै मृत्यु भएको हो। सडक निर्माणको काम भइरहेको बेला अचानक खसेको ढुङ्गाले लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त स्थान सदरमुकामदेखि करिब ४० किलोमिटर टाढा पर्छ।
सडक निर्माणका क्रममा ढुङ्गा लागेर मजदुरको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ तामिङमा सडक निर्माणका क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक मजदुरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजबंशीका अनुसार सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय...
1 min read
Share
