बेइजिङ । वाङ यी र इशाक दारबीच मंगलबार चीनको बेइजिङमा भएको भेटवार्तामा मध्यपूर्वको अवस्थाबारे समीक्षा गर्दै द्वन्द्व समाधानका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ। दुवै देशले तत्काल युद्धविराम, द्वन्द्व विस्तार रोक्ने प्रयास र प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउन आह्वान गरेका छन्। साथै, इरान र खाडी राष्ट्रहरूको सार्वभौमसत्ता र सुरक्षाको सम्मान गर्दै शीघ्र शान्ति वार्ता सुरु गर्नुपर्नेमा जोड दिइएको छ। नागरिक र गैर–सैन्य संरचनामाथि आक्रमण रोक्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न आग्रह गरिएको छ भने ऊर्जा, पानी तथा आणविक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी, होर्मुज जलडमरूममार्गको सुरक्षा र निर्बाध आवागमन कायम गर्न आवश्यक रहेको जनाइएको छ। दुवै देशले संयुक्त राष्ट्र संघको भूमिकालाई सुदृढ बनाउँदै बहुपक्षीयतामार्फत दिगो शान्तिका लागि अन्तर्राष्ट्रिय सहमति आवश्यक रहेकोमा पनि जोड दिएका छन्।
चीन–पाकिस्तानको पाँच बुँदे प्रस्ताव: मध्यपूर्वमा शान्ति पहल
बेइजिङ । वाङ यी र इशाक दारबीच मंगलबार चीनको बेइजिङमा भएको भेटवार्तामा मध्यपूर्वको अवस्थाबारे समीक्षा गर्दै द्वन्द्व समाधानका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ। दुवै देशले तत्काल युद्धविराम, द्वन्द्व विस्तार रोक्ने प्रयास र प्रभ...
1 min read
Share
