काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसरी, आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार सात सय रूपैयाँले बढेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला चार हजार आठ सय ४५ रूपैयाँमा पुगेको छ। यसरी चाँदीको मूल्य प्रतितोला १४५ रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
