काठमाडौं – सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई अघि बढाउन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साह को नेतृत्वमा कार्यदल गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू सहभागी रहनेछन्।
प्रवक्ता पोखरेलले कार्यदलले सबै दलका सुझाव, सरोकार र दृष्टिकोण समेटेर साझा अवधारणापत्र तयार गर्ने जानकारी दिए।
त्यस्तै, सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन कानुनसम्मत भएको स्पष्ट पारेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले राज्यका निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर गरेका कार्यमा सरकारले हस्तक्षेप नगर्ने बताए।
