काठमाडौं – ललितपुरमा यातायात कार्यालय वरिपरि बिचौलियाको गतिविधि नियन्त्रण गर्न प्रहरीले स्वीप अपरेशन सञ्चालन गरी एकैदिन १५ जना बिचौलियाहरू पक्राउ गरेको छ।
सोमबार बिहान साढे ११ बजेको समयमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यातायात कार्यालय एकान्तकुनामा आएका सेवाग्राहीहरूले गरेको गुनासोका आधारमा प्रहरीले निगरानी बढाएको थियो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त सातदोबाटोमा राखिएको छ।
