काठमाडौं – बालेन्द्र शाह नेतृत्वमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा सबै मन्त्रीहरू उपस्थित छन्।
बैठकमा यसअघि गरिएका निर्णयहरूको समीक्षा र कार्यान्वयनबारे छलफल हुने बताइएको छ। नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको यो दोस्रो बैठक हो।
सरकारका अनुसार बैठक नियमित रूपमा हुने प्रक्रिया अन्तर्गत भएको हो।
