काठमाडौं – श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ ले सामाजिक सञ्जालमार्फत आफू विरुद्ध ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्यूरो मा उजुरी दिएका छन्।
सोमबार दिइएको उजुरीमा साम्पाङले उल्लेख गरेका छन् कि सुनिता खड्का नामक टिकटक प्रयोगकर्ताबाट यस्तो धम्की आएको हो। उजुरी अनुसार धम्कीमा आफ्नो घर र परिवारको सुरक्षामा प्रत्यक्ष जोखिम रहेको उल्लेख छ।
साम्पाङले उजुरीमा भनेका छन्, “मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिइएको छ, साथै घर जलाउने धम्की, टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गरी भ्रम फैलाइएको छ। यसबारे नेपाल सरकारको कानुन अनुसार कडा कारबाहीको माग गर्दछु।”
साइबर ब्यूरोले उजुरी प्राप्त भइसकेको र अनुसन्धान सुरु भएको जनाएको छ।
