लमजुङ – मर्स्याङ्दी गाउँपालिका–९ पामचोक को भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग.१ त ५६४६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा ट्याक्टर चालक, ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राई गम्भीर घाइते भएका थिए। उनको बेंसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङ ले जनाएको छ।
दुर्घटनामा ३२ वर्षीय दीपेश लिम्बू र २६ वर्षीय सुमन राई घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
