सुनसरी – इटहरी उपमहानगरपालिका–१३, काली मन्दिर नजिक भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृतक २२ वर्षीय विपिन चौधरी हुन्, जो दुहबी नगरपालिका–९ का बासिन्दा थिए।
प्रहरीका अनुसार ग १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटनामा परेको थियो। पछाडि सवार विपिन घाइते भएका थिए र उपचारका क्रममा उनको मृत्यु भएको हो।
मोटरसाइकल चालक २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् र उनकाे उपचार जिल्ला अस्पतालमा भइरहेको छ।
प्रहरीले दुर्घटना तीव्रगतिका कारण भएको अनुमान गर्दै घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
