लमजुङ – मर्स्याङ्दी गाउँपालिका वडा नं. ९, पामचोक को भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ग १ त ५६४६ नम्बरको ट्याक्टर खुदीबाट भलामचौरतर्फ जाँदै गर्दा सडकबाट खसेको हो।
दुर्घटनामा ट्याक्टर चालक, ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राई को मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई बेंसीसहरस्थित प्रदेश अस्पतालमा पुर्याउँदा मृत्यु भएको हो।
यस दुर्घटनामा दुई जना घाइते पनि भएका छन्। ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बू र ताप्लेजुङकै २६ वर्षीय सुमन राई घाइते भएका हुन्। प्रहरीले उनीहरूको अवस्था स्थिर रहेको जनाएको छ।
