1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
चितवन कारागार बिरामी कैदीबन्दीको पहिलो रोजाइ, उपचार सुविधा सहज

चितवन कारागार बिरामी कैदीबन्दीको पहिलो रोजाइ, उपचार सुविधा सहज

चितवन – कारागार कार्यालय चितवन चितवन कारागार बिरामी कैदीबन्दीको पहिलो रोजाइमा परेको छ। यहाँका कैदीबन्दी क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुई ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएकाले यस कारागार उपचारका लागि प्रमुख रोजाइको केन्द्र...

१६ चैत २०८२
1 min read
Share
चितवन कारागार बिरामी कैदीबन्दीको पहिलो रोजाइ, उपचार सुविधा सहज

चितवन – कारागार कार्यालय चितवन चितवन कारागार बिरामी कैदीबन्दीको पहिलो रोजाइमा परेको छ। यहाँका कैदीबन्दी क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुई ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएकाले यस कारागार उपचारका लागि प्रमुख रोजाइको केन्द्र बनेको हो।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गाना का अनुसार केही दिनअघिमात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामी कैदीबन्दी उपचारका लागि चितवन पठाइएको थियो। देशका विभिन्न जिल्लाका बिरामी कैदीबन्दी सामान्यतया पहिलो रोजाइ काठमाडौँ र दोस्रो चितवन गर्ने गरेका छन्।

चितवनको मध्यभागमा पर्नु र यातायातको सहजताका कारण पनि बिरामी र उनका आफन्तलाई यहाँ आउन सहज हुने प्रमुख ढुङ्गानाले बताए। हाल यस कारागारमा ११८ जना बिरामी कैदीबन्दी रहेका छन्।

उनीहरूलाई विभिन्न रोग लागेका छन्। उच्च रक्तचापका ५४, मधुमेह ३०, मानसिक रोग १२, हेपाटाइटिस बी पाँच, मुटुरोग, क्षयरोग, क्यान्सर, एचआईभी/एड्स र छारेरोग तीन–तीन र थाइराइड दुई जना बिरामी रहेका छन्।

उपचारका लागि नियमित औषधि आवश्यक भएकाले औषधि व्यवस्थापनमा पनि चुनौती देखा परेको छ। यस आर्थिक वर्षमा औषधोपचार खर्चबापत रु १२ लाख विनियोजन भएको भए पनि रकम अपुग हुँदा जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा र औषधि व्यवसायीसँग सहकार्य गरी औषधि उपलब्ध गराइएको छ।

हाल कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन्। यहाँ एक जना आश्रित बालक समेत बसिरहेको छ। अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दी उपचार गराइरहेका छन्। कारागारको क्षमता ५०५ जना रहेकोमा ३० महिला र ४६५ पुरुष रहेका छन्। जेनजी आन्दोलनका क्रममा भागेका ११० कैदीबन्दी अझै फर्किन बाँकी रहेको कार्यालयले जनाएको छ।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १४:३९ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.