कमल गाउँपालिका वडा नं. ३, केर्खा मा एक नवजात शिशु (छोरी) मकैबारीमा बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीयले बिहान ६ः१० बजे मकैबारीमा फेला परेको नवजात शिशु (छोरी) उद्धार गरेका छन्। बच्चा कमल ३, केर्खा बस्ने ४८ वर्षीय लिलाराज थापा को घर नजिकै करेसाबारीभित्र फेला परेको थियो। थापाले शिशुलाई बेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नाबालिकालाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि किओच बाल अस्पताल पठाइएको छ। प्रहरीले जनाएको अनुसार बच्चाको स्वास्थ्य अवस्था तत्काल सामान्य छ।
प्रहरीले शिशुको आमाको पहिचान र खोजतलास कार्य जारी रहेको बताएका छन्।
