काठमाडौं – प्रधानमन्त्री बालेन शाह ले आज अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
सरकार गठनपछिका पहिलो बैठकले सय दिनका सय काम सार्वजनिक गरेको थियो भने जेनजी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
यसअघि जारी गरिएको सूचना अनुसार आजको बैठकको कार्यसूची (एजेन्डा) हाल सार्वजनिक गरिएको छैन।
