काठमाडौँ – लामो सुनुवाइपछि सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले आइतबार सुनुवाइ सम्पन्न भएपछि यस्तो आदेश जारी गरेको हो।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनको नाममा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
अब उक्त रिटमाथि सुनुवाइ तीन वा सोभन्दा बढी न्यायाधीश सम्मिलित पूर्ण इजलासमा हुने भएको छ।
