काठमाडौँ – नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ७१.०५ अंकले घटेर २,८७९.११ मा कायम भएको छ, जुन करिब २.४० प्रतिशतको गिरावट हो।
आज ३३३ कम्पनीको ३,५२,४८,३९७ कित्ता शेयर एक १,९६,१५८ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७.९८ को कारोबार भएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। २५५ कम्पनीको शेयर मूल्य घट्दा १० कम्पनीको मात्र मूल्य बढेको छ।
विशेषत: रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १०.१७ प्रतिशतले घटेको छ।
