काठमाडौँ – बेरोजगार युवायुवतीलाई न्युजिल्यान्ड रोजगारीको प्रलोभन देखाएर १६ लाख ३० हजार रुपियाँ ठगी गर्ने आरोपमा रिजेन सापकोटा पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार सापकोटाले युवायुवतीलाई आकर्षक तलब दिने भनी लामो समयसम्म झुक्यानमा राखेर ठगी गरेका थिए।
पक्राउ पर्ने व्यक्ति स्थायी घर ललितपुर, गोदावरी नगरपालिका–१९ का ३८ वर्षीय नागरिक हुन्। उनलाई ललितपुरको चापागाँउबाट पक्राउ गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
