काठमाडौँ – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
एमालेका अनुसार जिल्ला कमिटीहरूले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अध्यक्ष ओलीको रिहाइको मागसहित विरोधपत्र बुझाएका छन्।
गौरबहादुर कार्की आयोगले अध्यक्ष ओलीलाई दोषी ठहराएको भन्दै शनिबार निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेपछि, एमाले सचिवालयको बैठकले यस कदमको विरोधमा रिहाइका लागि विरोधपत्र बुझाउने निर्णय गरेको थियो।
ललितपुर र काठमाडौँमा एमाले कार्यकर्ता र नेताहरूले नारा जुलुससहित प्रशासन कार्यालय पुगेर विरोधपत्र बुझाएका थिए। सो क्रममा कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए।
