वाग्मती – विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठुलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो।
थिङ लामो समयदेखि मानसिक स्वास्थ्य समस्या भोग्दै आएका थिए। उनका परिवारका अनुसार उनी फागुन २९ गते घरबाट बेपत्ता भएका थिए र खोजतलाशका लागि प्रहरीमा निवेदन दिएका थिए।
प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो कि खोजतलाशको क्रममा थिङको शव कुहिएको अवस्थामा फेला परेको थियो। साथै, घटनाको थप अनुसन्धान भइरहेको पनि बताइएको छ।
