नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको थियो। त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ९१० रुपैयाँ रहेको थियो। चाँदीको मूल्य पनि बढ्यो सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअ...
1 min read
Share
