1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन: ट्रम्पको इरान युद्ध नीतिविरुद्ध लाखौँको मार्च

अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन: ट्रम्पको इरान युद्ध नीतिविरुद्ध लाखौँको मार्च

पश्चिम एसिया युद्धका कारण विश्वभर बढ्दो चिन्ता उत्पन्न भएको छ। हाल जारी संघर्ष ३०औँ दिनमा प्रवेश गरेको छ र खाडी क्षेत्रमा तनाव अझै चरम सीमामा पुगेको छ। यसैबीच अमेरिकाका विभिन्न शहरमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान युद्ध नीतिविरु...

१५ चैत २०८२
1 min read
Share
अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन: ट्रम्पको इरान युद्ध नीतिविरुद्ध लाखौँको मार्च

पश्चिम एसिया युद्धका कारण विश्वभर बढ्दो चिन्ता उत्पन्न भएको छ। हाल जारी संघर्ष ३०औँ दिनमा प्रवेश गरेको छ र खाडी क्षेत्रमा तनाव अझै चरम सीमामा पुगेको छ।

यसैबीच अमेरिकाका विभिन्न शहरमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान युद्ध नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शन गरिएको थियो। लाखौँ मानिसले यस प्रदर्शनमा भाग लिएका थिए र बढ्दो महँगी, इन्धन मूल्य वृद्धी र इरानसँग जारी युद्धका विरुद्ध आवाज उठाएका थिए।

प्रदर्शनहरू ठूला सहरदेखि साना नगरसम्म फैलिएका थिए। रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका मानिसहरूले प्लेकार्ड बोकेर नारा लगाएका, नाचगान गरेका र संगीतमार्फत आफ्ना मागहरू राखेका थिए।

न्युयोर्क सिटीमा प्रदर्शनकारीहरू मिडटाउन म्यानहटनबाट मार्च गर्दै थिए भने सान फ्रान्सिस्कोमा एम्बार्काडेरो प्लाजाबाट सिभिक सेन्टरतर्फ प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरूले अमेरिकी झन्डासहित युक्रेन, ट्रान्सजेन्डर अधिकार र अन्य सामाजिक आन्दोलनहरूको समर्थनमा ब्यानरहरू पनि देखाएका थिए।

मिनेसोटाको सेन्ट पलमा भएको ठूलो र्‍यालीमा रक कलाकार ब्रुस स्प्रिंगस्टीनले प्रस्तुति दिएका थिए। उनले मिनेसोटालाई पूरा देशका लागि प्रेरणाको रूपमा प्रस्तुत गरे र जनवरीमा फेडरल इमिग्रेशन एजेन्टहरूद्वारा मारिएका एलेक्स प्रेट्टी र रिनी गुडप्रति श्रद्धाञ्जली अर्पण गरे। मिनेसोटाका गभर्नर टिम वाल्ज ले संघीय आप्रवासन नीतिको आलोचना गर्दै स्थानीय समुदायको साहस र समर्थनको प्रशंसा गरेका थिए।

यस ‘नो किंग्स’ प्रदर्शनको यो तेस्रो लहर हो। गत वर्ष पनि दुई ठूला प्रदर्शन भएका थिए, जसमा लाखौँ मानिस सहभागी थिए। महँगी, इन्धन मूल्य वृद्धि र अर्थतन्त्र सुस्त भएको अवस्थाले यी प्रदर्शनका प्रमुख कारणको रूपमा काम गरेको विश्लेषकहरूले बताएका छन्।

यद्यपि, फ्लोरिडा, वेस्ट पाम बीचमा राष्ट्रपति ट्रम्पका करिब ५० समर्थक र प्रदर्शनकारीबीच मौखिक झडपसमेत भएको थियो।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १३:५६ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.