नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का लाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको छ।
सीआइबीका एआइजी मनोज केसी का अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो।
पूर्वमन्त्री खड्काको निवासमा जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला परेको थियो। उनीमाथि स्काउटको जग्गा हिनामिनाको आरोप पनि लगाइएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी राख्ने जनाएको छ र आवश्यक प्रक्रियापछि अदालतमा पेश गरिने छ।
