काठमाडौँ — शनिबार पक्राउ परेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकबारे रणनीति तय गर्न नेपाली कांग्रेसका विभिन्न समूहका नेताहरू बीच छलफल जारी छ।
ठमेलस्थित एक होटलमा बसेको बैठकमा कांग्रेसका पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित दुई दर्जन नेता सहभागी रहेका छन्।
बैठकपछि आगामी कदमका बारेमा विज्ञप्ति जारी गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
