काठमाडौँ — गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूको सवारीमा विशेष व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।
शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। मन्त्री गुरूङले नवराज अधिकारी (एसएसपी) सहितका प्रहरी कर्मचारीलाई नागरिकको सहज आवागमन सुनिश्चित गर्न आग्रह गरेका छन्।
उनले भने, “जनतालाई दुःख दिने गरी भीआईपीलाई स्पेसल ट्रिट गर्ने होइन। नागरिकका लागि आवागमन सहज हुनुपर्छ। हामी नागरिकका सेवक हौं।”
गृहमन्त्री गुरूङले मन्त्रीहरूलाई आवश्यक परे समयमै यात्रा सुरु गर्न सुझाव दिँदै भीआईपी सवारीका नाममा सर्वसाधारणलाई दुःख नदिन स्पष्ट निर्देशन दिएका छन्।
