काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन्।
शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। परीक्षणपछि उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको जनाइएको छ।
यसअघि शुक्रबार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले ओलीविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको आयोगको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयपछि शनिबार बिहान भक्तपुरस्थित निवासबाट प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको थियो।
