काठमाडौं– नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ।
पार्टी सचिवालयको आकस्मिक बैठकले शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। एमालेसँग आवद्ध २३ वटा जनसंगठन प्रदर्शनमा सहभागी हुने जनाइएको छ।
यसअघि नै अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने भन्दै एमालेले विज्ञप्ति जारी गरी सरकारलाई चेतावनी दिएको थियो।
शनिबार बिहान अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि पार्टीले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको थियो।
