काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।
शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका थिए।
अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि राजधानीका विभिन्न स्थानमा एमाले समर्थकहरूले विरोध प्रदर्शन सुरु गरेका छन्।
