काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राख्ने तयारी गरिएको छ।
प्राप्त जानकारीअनुसार स्वास्थ्य परीक्षणपछि ओलीलाई उक्त गणमा लगिनेछ भने लेखकलाई यसअघि नै त्यहाँ पु¥याइसकिएको छ।
ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केही समय प्रहरी परिसर भद्रकालीमा राखेर उपचारका लागि अस्पताल लगिएको हो।
शनिबार परेको कारण दुवै जनालाई अब आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
