काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सम्पूर्ण खेल तालिका सार्वजनिक भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यस सिजनको लिग चरणअन्तर्गत सबै खेलहरूको तालिका सार्वजनिक गरेको हो। उद्घाटन खेल शनिबार, मार्च २८ मा रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच बेङ्गलुरुमा हुनेछ।
दोस्रो चरणअन्तर्गत ५० वटा खेलहरू भारतका १२ विभिन्न शहरमा आउँदो अप्रिल १३ (चैत २९) देखि मे २४ (जेठ १०) सम्म आयोजना हुनेछन्। प्रारम्भिक २० खेलहरू विभिन्न १० मैदानमा खेलाइनेछन्। दोस्रो चरणका खेलहरू हुने शहरहरूमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन्।
दिउँसो हुने खेलहरू नेपाली समयअनुसार दिउँसो पौने ४ बजे र बेलुकीका खेलहरू बेलुकी पौने ८ बजे सुरु हुनेछन्।
