काठमाडौं। आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित अवतरण गरेको जानकारी दिएका छन्। क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार थिए।
दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ। प्रबन्ध निर्देशक लामिछानेका अनुसार हेलिकप्टर भोलि मात्रै काठमाडौँ फर्किनेछ।
