काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले प्रस्तुत गरेका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले यस सम्बन्धी निर्णय अनुमोदन गरेको हो।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङ लाई १० वर्ष जेल सजायसहित सरकारी उच्च अधिकारीहरूको कारबाही गर्न सिफारिस गरेको थियो। बैठकले आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने माध्यमबाट न्याय सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
