काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल लाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
आज बसेको नवनियुक्त मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा चयन गरेको हो। बैठकले सरकारका निर्णय, नीति तथा गतिविधिहरू सार्वजनिक रूपमा जानकारी गराउने जिम्मेवारी उनलाई दिएको छ।
सरकार गठनसँगै प्रवक्ताको चयन गरिएको यो निर्णयलाई सरकारको सञ्चार प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने कदमका रूपमा हेरिएको छ। मन्त्री पोखरेलले अब सरकारका धारणा, निर्णय र कार्यक्रमहरू नियमित रूपमा सार्वजनिक गर्नेछन्।
