काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी ले पदबाट राजीनामा दिएकी छन्।
भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनले केहीबेरअघि औपचारिक रूपमा राजीनामा पेश गरेकी हुन्।
उनीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।
यसैबीच, नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ लिएका थिए।
नयाँ सरकार गठन भएसँगै आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएको कारण देखाउँदै भण्डारीले पदबाट राजीनामा दिएको बताइएको छ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन्।
