काठमाडौँ। नेपालस्थित ब्रिटिश दूतावास ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना दिएको छ।
शुक्रबार दूतावासले जारी गरेको सन्देशमा प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकोमा बधाई दिँदै बेलायत र नेपालबीचको सम्बन्ध अब आधुनिक साझेदारीतर्फ उन्मुख भइरहेको उल्लेख गरिएको छ।
सन्देशमा आर्थिक वृद्धि, युवा रोजगारी र जलवायु उत्थानशीलता जस्ता प्राथमिक क्षेत्रमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरिएको छ।
दूतावासका अनुसार नयाँ सरकारले आफ्ना प्राथमिकता तय गर्दै अघि बढिरहेको सन्दर्भमा बेलायत यी लगायत अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको जनाएको छ।
