दाङ मा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिएका छन् ।
आज बिहान सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा १ प १२९३ नम्बरको टिपरले घोराही–रोल्पा सहिदमार्गअन्तर्गत बाह्रकुने दह नजिक उनलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएकी पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
