बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री शाहसहित १५ सदस्यीय मन्त्रिपरिषद्को नामावली र जिम्मेवारी सार्वजनिक गरिएको हो ।
सरकार गठनसँगै प्रमुख मन्त्रालयहरूमा अनुभवी र युवा नेतृत्वको संयोजन गरिएको छ । नयाँ मन्त्रिपरिषद्ले नीति सुधार, सुशासन प्रवर्द्धन, पूर्वाधार विकास र सामाजिक क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
मन्त्रिपरिषद्को सूची यसप्रकार छः
बालेन्द्र शाह – प्रधानमन्त्री
स्वर्णिम वाग्ले – अर्थमन्त्री
सोविता गौतम – कानूनमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री
सुदन गुरुङ – गृहमन्त्री
अमरेश कुमार सिंह – उद्योग मन्त्री
प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
गीता चौधरी – कृषि मन्त्री
विक्रम तिमल्सिना – सञ्चार मन्त्री
दीपक साह – श्रम मन्त्री
सस्मित पोखरेल – शिक्षा मन्त्री
खडक पौडेल – पर्यटन मन्त्री
सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात मन्त्री
सीता वादी – महिला, बालबालिका तथा समाज कल्याण मन्त्री
निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री
सरकारले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ नेतृत्वबाट आर्थिक सुधार, रोजगारी सिर्जना र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको छ ।
