प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का लागि निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन्।
शाहको सचिवालयका अनुसार बस्याललाई औपचारिक रूपमा पीएसओको जिम्मेवारी दिइएको हो। बालेनले आज दिउँसो १२ः३४ बजे प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय गरिएको छ।
यस्तै, आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी भए पनि मन्त्रीहरूको नाम भने हालसम्म राष्ट्रपति कार्यालयमा पठाइएको छैन।
