राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन्।
बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटक जनताले ठूलो विश्वासका साथ मत दिएको उल्लेख गर्दै त्यसको सम्मान गर्नु आफ्नो पहिलो जिम्मेवारी भएको बताए।
वाग्लेले अब बन्ने सरकारको मुख्य प्राथमिकता सुशासन कायम गर्नु र अर्थतन्त्रको पुनर्संरचना गर्ने रहने स्पष्ट पारे। साथै उनले गुणस्तरीय पुनर्निर्माणका कार्यमा पनि सरकारको विशेष ध्यान केन्द्रित हुने धारणा राखे।
