काठमाडौँ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन क्षतिग्रस्त भएपछि सभा सञ्चालन गर्न निकै कठिनाइ परेको बताएका छन्। बिहीबार सिंहदरबारस्थित संसद्को अस्थायी सभा हलमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा महासचिव पाण्डेले सांसदहरूलाई बाध्यात्मक अवस्थाबारे जानकारी गराए। उनले भने, ‘जेनजी आन्दोलनको क्रममा संसद् भवन क्षतिग्रस्त भई सभा सञ्चालन योग्य भएन। निर्माणाधीन भवन समेत तयार नभएकोले सचिवालयलाई हस्तान्तरण नभएसम्म हामीलाई सभा सञ्चालनमा निकै चुनौती भयो।’ पाण्डेयले विभिन्न निकाय र पदाधिकारीसँग पटक–पटकको छलफल, पत्राचार, भेटघाट र दबाबमूलक प्रयासका बावजुद निर्माणाधीन सभा हल उपलब्ध नभएको जानकारी दिएका थिए। त्यसपछि आज उपस्थित बहुउद्देश्यीय हललाई हतार–हतारमा शपथ समारोह र अल्पकालीन सभा सञ्चालनको लागि तयार पारिएको पाण्डेयले बताए। विषम परिस्थितिमा हल तयार गरिएकाले केही कमीकमजोरी हुन सक्ने भए पनि संसद् सचिवालयको तर्फबाट त्यसप्रति उनले क्षमा मागेका थिए। भदौ २३ र २४ गतेको आन्दोलनमा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आगजनी भएको थियो।
जेनजी आन्दोलनले संसद् भवन क्षति र अस्थायी सभा हल प्रयोग
काठमाडौँ । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन क्षतिग्रस्त भएपछि सभा सञ्चालन गर्न निकै कठिनाइ परेको बताएका छन्। बिहीबार सिंहदरबारस्थित संसद्को...
1 min read
Share
