काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ दिलाएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वदिन केसीलाई शपथ गराउने जिम्मेवारी दिएका थिए। शपथ ग्रहण कार्यक्रममा सांसदहरू परम्परागत पोशाकमा उपस्थित भएका थिए भने केही सांसदहरूले मातृभाषामा पनि शपथ लिए। शपथ ग्रहणसँगै नयाँ संसद् कार्यकाल औपचारिक रूपमा सुरु भएको छ।
