काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २,९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार भने सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन उच्च वृद्धि देखिएको सुनको मूल्य आज भने घटेको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ४,९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४,८२० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले कम हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४,५१३ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ ।
