काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दैछ । बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ ।
पार्टीका सह–महामन्त्री विपिन आचार्यका अनुसार केन्द्रीय समितिबाट निर्णय गराएर संसदीय दलले शाहलाई औपचारिक रूपमा नेता चयन गर्नेछ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ आज दिउँसो २ बजेका लागि तय गरिएको छ । शपथ ग्रहणपछि रास्वपाको संसदीय दलको बैठक बस्नेछ ।
बैठकबाट संसदीय दलको नेता चयन भएपछि शाहले भोलि प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । रास्वपाले निर्वाचनअघि नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।
