दार्चुला । दार्चुलाको मुराई क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का दार्चुलाका विभिन्न स्थानसहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।
यसअघि पनि चैत ९ गते सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
