विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डानियेल म्युवलीबीच भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको शिष्टाचार भेटमा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायत सहभागी थिए ।
